सरकारको नीति तथा कार्यक्रम आज आउँदै

काठमाडौ– बैशाख २६ ।  वर्तमान सरकारको बजेट पूर्वको नीति तथा कार्यक्रम आज आउँदै छ । दिउँसो ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत गर्नुहुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको ७ महिनापछि स नीति तथा कार्यक्रम आउन लागेको हो । राष्ट्रपति भण्डारीले पनि नीति तथा कार्यक्रम सहित संसदमा सम्बोधन गर्ने यो पहिलो कार्यक्रम हो । नीति तथा कार्यक्रममा अहिलेको समय सान्दर्भिक कार्यक्रम रहेको बताइएको छ ।

संविधान कार्यान्वयन, स्थानीय निकायको निर्वाचनको तयारी, विनाशकारी भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माण, भूकम्पपीडितलाई राहत, सामाजिक सुरक्षाजस्ता विषय महत्वकासाथ नीति तथा कार्यक्रममा समावेश गरिएको सरकारी श्रोतको दाबी छ । यो बाहेक आर्थिक समृद्धि, ऊर्जा विकास, पर्यटन प्रवद्र्धन, कृषिको व्यवसायिकरण, स्वास्थ्य सेवा सुदृढीकरण, भौतिक पूर्वाधार विकास, शान्ति सुरक्षा, कूटनीतिक सम्बन्ध सुदृढीकरणजस्ता विषयले पनि नीति तथा कार्यक्रममा स्थान पाएका छन् ।

नीति तथा कार्यक्रमलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरिसकेको छ । प्रस्तुत नीति तथा कार्यक्रममाथि सोमबारबाट संसदमा छलफल शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया