शैक्षिकस्तर सुधार्न र सहभागिता बढाउन निःशुल्क शिक्षा : उपराष्ट्रपति पुन

timthumb.phpकाठमाडौँ– वैशाख २५ । उपराष्ट्रपति नन्दकिशोर पुनले शिक्षामा सबै बालबालिकाको सर्वसुलभ र सहज पहुँचका लागि निःशुल्क शिक्षा हुनुपर्नेमा जोड दिनुभएको छ ।
कीर्तिपुरको चम्पादेवी गोदामचौरस्थित बाघभैरव माविको स्वर्ण महोत्सवमा उपराष्ट्रपति पुनले शिक्षाको सहजिकरण र सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार्न पनि निःशुल्क शिक्षा आवश्यक रहेको बताउनुभएको हो । उहाँदै निःशुल्क शिक्षा नभएसम्म सबै बालबालिकाको शिक्षामा समान पहुँच नपुग्ने धारणा राख्नुभएको थियो ।
शैक्षिक अवस्थाको सुधारका लागि आगामी बजेटमा शिक्षा क्षेत्रमा यथेष्ट बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराएको पनि उपराष्ट्रपति पुनले बताउनुभयो । विद्यालयको पूर्वप्रावि कक्षाको उद्घाटन तथा स्वर्ण महोत्सव स्तम्भको शिलान्यास पनि उहाँले गर्नुभएको थियो ।
कार्यक्रममा काठमाडौं क्षेत्र नं १० का सांसद राजेन्द्रकुमार केसीले सांसद विकास कोषबाट विद्यालयलाई दुई लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया