
महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच श्रम तथा रोजगार मन्त्रालयले प्रतिबन्ध फुकुवा गरेको हो। खाडी मुलुकमा घरेलु श्रमिक महिलामाथि चरम शारीरिक, आर्थिक शोषण भएको भन्दै २०७० असोजमा तत्कालीन सरकारले रोक लगाएको थियो।
सरकारले बैध बाटो बन्द गरेपछि कतिपय महिला अबैध बाटो प्रयोग गरी जान थालेका थिए। यसरी जाँदा जोखिमका घटना झन् बढेको भन्दै श्रम अधिकारबादीले प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए।