मालेको सातौं महाधिवेशन काठमाडौंमा सुरु

vlcsnap-2016-05-07-20h42m40s142काठमाडौं–बैशाख २५ । नेकपा मालेको सातौं राष्ट्रिय महाधिबेशन काठमाडौंमा शनिबारबाट शुरु भएको छ ।

महाधिवेशन उद्घाटन गर्दै माले महासचिव सीपी मौनालीले देशको परिवर्तित राजनीतिक घटनाक्रम अनुसार पार्टीका नीति तथा कार्यक्रममा सुधार गर्ने दाबी गर्दै महाधिवेशन देशलाई नयाँ राजनीतिक दिशासहितको आर्थिक सुधारमा डाहो¥याउन कोशेढुंगा सावित हुने दाबी गर्नुभएको थियो । उहाँले कम्युनिष्टबीचको एकता र सम्बन्ध सुधार अहिलेको आवश्यकता भएको पनि बताउनुभयो । कार्यक्रममा अन्य नेताहरुले पार्टीलाई सुधार गर्दै कम्युनिष्टबीचको एकताबाट देशलाई निकास दिनेतर्फ महाधिबेशन केन्द्रित हुनुपर्ने धारणा राखेका थिए ।

आगामी २८ गतेसम्म चल्ने सातौं महाधिबेशनमा स्वदेश तथा विदेश ब्यूरो समेत गरि ५ सय बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया