भुटानलाई भीमनारायण गोल्डकपको उपाधी

vlcsnap-2016-05-07-20h47m35s801धनकुटा–बैशाख २५ । भुटानको बिआरसी क्लबले १२औं शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

स्थानीय तल्लो टुडिखेलमा शनिबार भएको फाइनल खेलमा गोधुली क्लब सुनसरीलाई पराजित गर्दै भुटानले उपाधि चुमेको हो । भुटानले गोधुली क्लब सुनसरीलाई पेनाल्टी सुटआउटमा चार–दुई गोलअन्तरले पराजित गर्दै उपाधिमाथीको कब्जा जमाएको थियो । vlcsnap-2016-05-07-20h48m12s489निर्धारित ९० मिनेटको समयसम्म एक–एक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा भुटानका बुद्ध तामाङ, मौसा वाल्लो, रुपेश केसी र सुमन लामाले गोल गरेका थिए । यता, गोधुलीका निराजन खड्का र प्रकाश बुढाथोकीले मात्रै गोल गरे ।

प्रतियोगिताको विजेता भुटानले दुई लाख नगदसहित ट्रफि र मेडल हात पारेको छ । त्यस्तै, उपविजेतामा खुम्चिएको सुनसरीले एक लाख नगदसहित ट्रफि र मेडल हात पारेको छ । बैशाख १८ देखि सञ्चालन भएको प्रतियोगितामा विदेशी टोलीसहित ८ टीमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया