अझै व्यापारिक भवन र सार्वजनिक संस्थानले कर तिरेनन, कारवाहीको तयारीमा कामपा

kathmandu-metropolitan-city-officeकाठमाडौँ–बैशाख २० । सार्वजनिक संस्थान र ठूला व्यापारिक भवनले महानगरपालिकालाई कर तिर्न आलटाल गरेको लामो समय बित्दा पनि कुनै कारवाही हुन सकेको छैन ।

काठमाडौँ महानगरपालिका श्रोतका अनुसार कर नतिर्ने ठूला व्यापारिक महल र सार्वजनिक संस्थानलाई करको दायरामा ल्याउन कानुनी प्रक्रिया अघि बढाइए पनि ठूला व्यावसायिक भवनले कर तिरेका छैनन । हुनत, कर तिर्न अटेर गरेको लामो समय हुँदा पनि महानगरपालिकाले यस्ता कर छलि गर्नेलाई कारवाहीको दायरामा ल्याउन सकेको छैन । सार्वजनिक र व्यवसायी भवनमध्ये काठमाडौँ मल, काठमाडौँ विजनेस पार्क, काठमाडौं प्लाजा, साझा भण्डार लिमिटेड, सांस्कृतिक संस्थान, दुग्ध विकास संस्थानले अहिलेसम्म महानगरपालिकालाई कर तिरेका छैनन् ।

तर महानगरपालिका चलअचल सम्पत्तिको रोक्का गर्ने, नवीकरण नगर्ने, फोहर नउठाउने, व्यापार व्यवसायमा सिलबन्दी, तालाबन्दी रोक्का गर्ने तथा महानगरपालिकाअन्तर्गत हुने विभिन्न किसिमका कामको सिफारिस नगर्ने लगायतका कारवाही गर्ने तयारीमा रहेको दाबी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया