काठकाडौं–बैशाख २० । संबैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा कायममुकायम प्रधानन्यायाधिश शुसीला कार्कीलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा नियुक्त गर्न कायममुकाय प्रधानन्यायाधिश शुसिला कार्कीलाई सिफारिस गरेको हो । परिषद् बैठकले सिफारिसलाई संसदीय सुनुवाईका लागि संसदीय सुनुवाई समितिमा पठाएको छ । यसअघि चैत्र २८ गते बसेको संवैधानिक परिषद्को बैठकले शुसीला कार्कीलाई नै प्रधानन्यायाधिशमा नियुक्ति गर्न सिफरिस गरेको थियो । तर, संवैधानिक परिषद्का सदस्य सभामुख ओनसरी घर्तीले निर्णयमा हस्ताक्षर नगरेपछि बैधानिकता पाउन सकेको थिएन ।