काठमाडौको थापा गाउँमा आगलागी, ठूलो क्षति हुन पाएन

काठमाडौं–बैशाख १६ । काठमाडौको थापा गाउँस्थित एउटा घरमा बिहिबार आगलागी भएको छ । थापागाउँमा रहेको कालमान शाहीको घरमा विहानको समयमा आगलागी भएको हो । vlcsnap-2016-04-28-12h39m39s984

घरको भुईतल्लामा रहेको प्लाष्टिक र कागजको गोदामबाट आगलागी सुरू भएको स्थानीय वासिन्दाले बताएका छन् । आगलागी भएलगत्तै उक्त घरमा बस्ने मानिसलाई स्थानिय बासिन्दाले डोरीको सहायताले उद्धार गरेका थिए । नेपाल प्रहरी,नेपाली सेना, शसस्त्र प्रहरी र महानगपालीका बारुणयन्त्रका कर्मचारीले साढे एक घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए । vlcsnap-2016-04-28-12h42m49s670

आगलागी नियन्त्रण गर्न काठमाडौ महानगरपालिकाका २, ललितपुर उपमहानगरपालिकाको एक र नेपाली सेनाको एक बारुणयन्त्र सहित केहि पानी ट्याङ्कर प्रयोग गरिएका थिए । vlcsnap-2016-04-28-12h40m19s675

आगलागीको कारण खुल्न नसकेपनि घर नजिकै रहेको फोहार जलाउने क्रममा आगो लागेको हुनसक्ने अनुमान स्थानीय बासीन्दाले गरेका छन् । यता, प्रहरीले आगलागीको प्रकृति हेर्दा विद्युत्त सर्टबाट भएर हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । उक्त घरको भुईतत्ललामा केदारबहादुर कार्कीले गोदाम संचालन गर्दै आएका थिए ।

आगलागी समयमै नियन्त्रण भएका कारण घरमा ठुलो क्षति हुन पाएन । क्षतिको विवरण आउन बा“की छ ।

Published On:  276पटक हेरिएको

तपाईको प्रतिक्रिया