पुनःनिर्माण अभियानमा सबैको साथ र सहयोग चाहिन्छ : उपप्रधानमन्त्री थापा

वासिङ्टन डिसी–वैशाख १४ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पुनःनिर्माणको पहिलो प्राथमिकता निजी घर त्यसपछि बाटो, पुल, स्कुल र स्वास्थ्य चौकी हुँदै पर्यटकीय स्थानको हुने भएकाले सबैको सहयोग अपरिहार्य हुने बताउनुभएको छ ।Kamal-Thapa
नेपालमा गएको बिनासकारी भूकम्पको वर्ष दिनमा वासिङ्टन डिसीस्थित युनाइटेड स्टेट इन्स्टिच्युट अफ पिसले गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापाले नेपालले भूकम्पबाट नौ हजार मानिसको जीवन गुमाउनु प¥यो, छ लाख घरधुरी बस्न नहुने गरी भत्किएको र सात अर्ब अमेरिकी डलरको क्षति भएको जानकारी दिदै पुनःनिर्माणको अभियान पाँच बर्षमा पुरा गर्ने बताउनुभयो । आफन्त र सम्पत्ति गुमाए पनि आशा नगुमाएको भन्दै उहाँले यसको लागि अन्तर्राष्ट्रिय समुदायको आर्थिक सहयोगको खाँचो रहेको बताउनुभयो ।
पुनःनिर्माणलाई समेत सहयोग पुग्ने उद्देश्यले आगामी कात्तिकमा स्थानीय निकायको निर्वाचन गराउने तयारी भएको पनि बताउनुभयो । संविधानका कतिपय विषयमा आफू असहमत भए पनि सहमतिको दस्तावेजका रुपमा संविधानलाई आफुले सम्मान गर्दै ग्रहण गरेको बताउनुभयो ।  संविधान ८२ प्रतिशत जनप्रतिनिधिले अनुमोदन गरेको एक गतिशील दस्तावेज भएकाले यसलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने पनि बताउनुभयो ।

कार्यक्रममा दक्षिण तथा केन्द्रीय एसियाली मामिला व्युरोकी सहायक मन्त्री निशा देसाई विसवालले भूकम्पको पीडाको प्रत्यक्ष अनुभूति गर्ने अवसर पाएको स्मरण गर्दे आगामी केहि बर्षमै मबजुत नेपाल बन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । नेपालीले कठिन घडीलाई सहजरुपमा लिएको भन्दै उहाँले नेपाली मन र शाहसको प्रशंशा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया