दरबारमार्गमा खुल्यो ‘महानगर पेट भिल्ला’

vlcsnap-2016-04-26-13h15m37s207काठमाडौं–बैशाख १४ । काठमाडौंको दरबारमार्गमा घरपालुवा जनावर र तिनीहरूलाई आवश्यक पर्ने सामग्रीसहितको पसल ‘महानगर पेट भिल्ला’ सञ्चालन भएको छ ।
राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरी बास्कोटाले रिबन काटेर उद्घाटन गर्नुभएको पेट भिल्लामा घरपालुवा कुकुर, बिरालो, खरायोलगायतलाई चाहिने खाद्यान्न र विभिन्न प्रजातिका कुकुरहरू राखिएका छन् । काठमाडौं उपत्यकालगायत देशैभर कुकुर पाल्नेको संख्या बढेको अवस्थालाई मध्येनजर गरेर एकै ठाउँमा सबै व्यवस्था सहितको पसल सञ्चालन गरिएको सञ्चालकको दाबी छ । vlcsnap-2016-04-26-13h16m38s874

तथ्याङअनुसार काठमाडौं उपत्यकामा मात्रै अहिले ४ लाख कुकुर पालिँदै आएको छ । यो संख्या दिनप्रतिदिन बढिरहेको बताइन्छ । पेट भिल्लाले पालनकर्ताको चाहना, माग र आवश्यक्ता अनुसार विदेशबाट आयात गरिएका कुकुर र कुकुरसँग सम्बन्धित सामग्रीहरू पसलमा उपलब्ध गराउने जनाएको छ । vlcsnap-2016-04-26-13h17m17s691

यस्तै, आफ्नै फर्मबाट उत्पादित पप्पी, विदेशबाट आयातित कुकुर र कुकुरका लागि चाहिने केज, खेलौना, सेम्पुलगायत सामान उपलब्ध गराउने पनि सञ्चालकको दाबी छ ।

तपाईको प्रतिक्रिया