वर्ष–०७२ मा कुवेतमा ४९ नेपालीले ज्यान गुमाए

कुवेत–वैशाख १०  । वर्ष– ०७२ मा कुवेतमा ४९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ३९ पुरुष र १० महिला रहेको कुवेतस्थित नेपाली दूूतावासले जनाएको छ ।

दूतावासको तथ्याङ्क अनुसार सुतेकै अवस्थामा २५ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा परि १२, आत्महत्याबाट ९ र ३ जनाको मृत्युको कारण नखुलेको दूतावासको तथ्याङ्कमा उल्लेख छ ।

कुवेतमा सन् १९९२ देखि अहिलेसम्म ३ सय ६७ जना नेपालीको मृत्यु भइसकेको छ । कुवेतमा ७० हजार नेपाली कामदार कार्यरत रहेको आँकलन गरिन्छ ।

Published On:  427पटक हेरिएको

तपाईको प्रतिक्रिया