काठमाडौं–बैशाख ६ । सत्य निरूपण तथा मेलमिलाप आयोगले उजुरी लिन सुरु गरेको पहिलो दिन आइतबार १ सय २५ उजुरी परेका छन् । पहिलो दिन थप १ सय ३० फारम पनि पीडितले लगेको आयोगले जानकारी दिएको छ । आयोगले आगामि असार २ सम्म उजुरी लिनेछ । सरकारी तथ्यांकअनुसार दसवर्षे माओवादी सशस्त्र द्वन्द्वका क्रममा १५ हजारभन्दा बढीको हत्या भएको थियो । हजारौं घाइते र विस्थापित भएका थिए । आयोगले यस अवधिमा हत्या गरिएका, अपहरणमा परेका, घरबारविहीन पारिएका, यातना दिइएका, बलात्कृत र अरू यस्तै मानवअधिकार गम्भीर उल्लंघनका घटनाको उजुरी लिने अधिकार पाएको छ ।