नेपाली पुस्तक दक्षिण कोरियामा प्रदर्शनीमा

काठमाडौँ–बैशाख ४ । साझा प्रकाशन र अन्य नेपाली साहित्यिक प्रकाशनका पुस्तकहरुको शनिबारबाट दक्षिण कोरियामा प्रदर्शनी सुरु भएको छ ।
साझा प्रकाशन, चाङ्जाक २१ लेखक सङ्घ र नेपाल–कोरिया सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा कोरियाको गोयाङ सिटीमा दुई सातासम्म चल्ने प्रदर्शनीको प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सङ्घका अध्यक्ष मुन चाङ्गिलले  संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । कार्यक्रममा कोरियाका कवि किम ह्यङ ह्योको बाल उपन्यास ‘सुशी नानी’ को लोकार्पण  गरियो थियो । नेपाली भाषामा पनि लेख्न सक्ने कवि किमको सो पुस्तक साझा प्रकाशनले प्रकाशन गरेको हो ।

प्रदर्शनीले साझा र यसका प्रकाशनलाई विश्वस्तरमा लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रदर्शनीका लागि शर्मासहित पूर्व मन्त्री तथा प्रकाशन सञ्चालक समितिका सदस्य प्रदीप नेपालसहितको टोली शुक्रबार कोरिया पुगेको थियो ।

तपाईको प्रतिक्रिया