झापा–बैशाख २ । दुहागढी–६ धाइजनमोडमा बिहिबारबाट सुरु भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घले खाता खोलेका छन् ।
आजको पहिलो खेलमा पुलिस क्लबले ढोरपाटन भलिबल सङ्घलाई २५–१८, २५–१९ र २५–१० ले पराजित गर्दै जित हात पारेको हो । यस्तै, दोश्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल भलिबल सङ्घलाई २५–१९, २५–२१ र २५– १७ ले लगातार पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पुलिस क्लब र जाउलाखेल, पश्चिमाञ्चल र पूर्वाञ्चल भलिबल सङ्घ, ढोरपाटन र एपिएफ, मध्यमाञ्चल र त्रिभुवन आर्मी, जाउलाखेल र एपिएफ तथा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच खेल हुने तालिका छ ।
पहिलो पटक आयोजना भएको मोफसलकै सर्वाधिक पुरस्कार राशिको यो प्रतियोगिताका विजयीले ३ लाख १५ हजार, दोस्रोले १ लाख ७५ हजार र तेस्रोले १ लाख १० हजार पुरस्कार पाउने छन् ।