काठमाडौँ– वैशाख २ । साउदी अरबको रियादस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्मामाथि आक्रमण भएको छ ।
परराष्ट्र श्रोतका अनुसार दूतावासमा शरण लिइरहेका एक नेपाली युवकले कावा राजदूत शर्मामाथि आक्रमण गरेका हुन् । आक्रमणबाट घाइते शर्माको साउदी अरब किङ पैmसाल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।
घाइते शर्माको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । आक्रमणकारीलाई साउदी प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाएको बताइएको छ । नेपालस्थित परराष्ट्र मन्त्रालयले कूटनीतिक पदाधिकारीमाथिको आक्रमणको भत्सर्ना गरेको छ ।