अब सरकारले खास काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं–चैत ३० । प्रधानमन्त्री kpले वर्तमान सरकार ठोस कार्ययोजनाका साथ गठन भएको भन्दै अब उपलब्धिमुलक काममा लाग्ने दावी गर्नुभएको छ ।

पशुपति स्थित गृहेश्वरीमा मंगलबार बाग्मती संग्रहालयको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार कुरा गर्न मात्र नभई  ठोस योजनाका सहित काम गर्न गठन भएको दावी गर्नुभएको हो । उहाँले आफ्नो लक्ष्य पुरा गरेपछि मात्रै बिश्राम लिने दावी गर्नुभयो । प्रधानमन्त्री ओलीले २०७२ साल जस्तो बन्द हडताल र नाकाबन्दीका समस्या आगामी वर्ष जनताले भोग्न नपर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको देश विकासको सपना पुरा भएरै छाड्ने दावी गर्दै बाग्मती फोहोर पार्ने ढलसँगै फोहोर राजनीति पनि सफा गर्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया