इच्छाशक्तिले पोखरामा ल्यायो एभेन्जर सिरिजका तीन नयाँ वाइक

शारदा भण्डारी, कास्की–चैत २९   । बजाज कम्पनीको नेपालका लागि अधिकृत बिक्रेता रहेको इच्छाशक्ति अटोमोवाइल्सले नयाँ बर्षको अवसर पारी एभेन्जर सिरिजका नयाँ तीन मोडलहरु एभेन्जर  २२०  सि.सि. क्रुज, २२०  सि.सि. स्ट्रीट  र एभेन्जर १५० सि.सि स्ट्रीट वाइक पोखरामा ल्याएको छ । आर्कषक डिजाइन र नयाँ प्रविधिले सुसज्जित नयाँ एभेन्जर बाइकले ग्राहकको मन जित्ने दाबि इच्छाशक्ति अटोमोवाइल्सले गरेको छ । यी बाइकहरूमा डिटियस आई इन्जिन, एक्जास टेक, लङग ह्विल वेस, डिजिटल डिस्प्ले, डिजिटल एनालग मिटर, डिसी लाइटिङ, डिसी इग्नीसन सिस्टम, वाइड टायर लगायतका विशेषता रहेको इच्छाशक्ति अटोमोवाइल्सका प्रबन्धक विष्णु तिमिल्सिनाले जानकारी दिनुभयो । कम्पनीका अनुसार एभेन्जर  २२०  सि.सि. क्रुजको मुल्य २ लाख ९४ हजार ९ सय र एभेन्जर १५० सि.सि. स्ट्रीटको २ लाख ८४ हजार ९ सय र १५० सिसि स्ट्रीटको २ लाख ४९ हजार ९ सय रूपैयाँ रहेको छ । कम्पनीले नयाँ बर्षको स्किम अन्र्तगत हरेक नयाँ खरिदमा रू ७ हजार नगद छुट समेत  दिने भएको छ । साथै बैशाख ५,६,७ गते बजाज एक्सचेन्ज अफर समे3final4त राख्ने भएको छ ।

तपाईको प्रतिक्रिया