चार डिआइजी एआईजीमा बढुवा

काठमाडौं–चैत २६ । सरकारले चार जना डिआइजीलाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले  प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट अवकास पाएर घर गएका चार जनालाई सरकारले एआईजीमा बढुवा गरेको हो । सरकारले अवकाश पाइसकेका डीआईजीहरु विश्वराज शाही, सुशीलवर सिंह थापा, यादव अधिकारी र परशुराम खत्रीलाई  एआईजीमा बढुवा गरेको हो । विशेष दरबन्दी सिर्जना गरेर चार जनाको बढुवा गरेसँगै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षकको संख्या १३ पुगेको छ ।

तपाईको प्रतिक्रिया