कतार । कतारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गतको मानवअधिकार विभागले गैरआवासीय नेपाली सङ्घ कतारलाई सम्मान गरेको छ । मन्त्रालयमा आयोजित विशेष कार्यक्रमको अवशर पारेर गैरआवासीय नेपाली सङ्घ कतारलाई मानवअधिकार र कानुनी क्षेत्रमा भुमिका खेलेको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा पुलिस कलेजका डाइरेक्टर जनरल ब्रिगेडर महम्मद अब्दुल्ला अलमुहन्नाले कतारको कानुनले मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेटेको र पुलिस कलेज पनि मानवीय सेवाको एउटा अङ्ग रहेको बताए । उनले मानवअधिकार र प्रहरीबीचको सम्बन्ध परिपूरक रहेको भन्दै मानवअधिकारको उल्लङ्घन गरेर प्रहरीले कुनै काम गर्न नसक्ने धारण राखेका थिए ।
एनआरएनएएनसिसीका अध्यक्ष विनेश तामाङले नेपाली समुदायका तर्फबाट एनआरएनए सम्मानित हुनु सम्पूर्ण नेपालीको गौरभ र खुसी भएको भन्दै आगामी दिनमा कतार र नेपालबीचको सम्बन्ध अझ बढी मजबुत र सुमधुर बनाउन हौसला मिल्ने बताउनुभएको थियो ।