जाजरकोट, चैत। जाजरकोटमा एसएलसी परिक्षा दिईरहेकी एक छात्राले बच्चा जन्माएकी छिन् ।
जिल्लास्थित सिमा गाविसमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रमा गणीत विषयको परीक्षा दिईरहेको बेला स्थानीय गीता वुढाले परीक्षा केन्द्रमै छोरीको जन्म दिएकी हुन् ।
आइतबारको परीक्षा सुरु भएर लेख्न सुरु गर्ने बित्तिकै गीतालाई सुत्केरी व्यथा लागेको र उनी आत्तिन थालेपछि सहयोगी शिक्षिकाले सुरक्षित स्थानमा लगेर स्याहार गरेको केन्द्राध्यक्ष सत्रुधनप्रसाद चौधरीले बताउनुभयो ।