सिंहदरवार भित्र फेसबुक र ट्विटर बन्द

काठमाडौं–चैत १८। सरकारले आजदेखि लागु हुनेगरी देशकै मुख्य प्रसाशनिक केन्द्र सिंहदरबारमा कार्यालय अविधभर फेसबुक र ट्विटर बन्द गरेको छ । सेवाग्रहीबाट कर्मचारीले काम नगरी फेसबुक र ट्विटर चलाएको गुनासो आएपछि सरकारले विहान १० बजेदेsingdarbar-gateखि ५ बजेसम्मको अवधिभर सिंहदरवार भित्र फेसबुक बन्द गरेको हो । त्यस्तै, प्रधानमन्त्रीको कार्यालयले सिंहदरवार भन्दा बाहिरका अन्य प्रमुख निकायहरूमा पनि कार्यालय अवधिमा काम छाडेर कर्मचारीलाई फेसबुक नचलाउन निर्देशन दिएको छ । मन्त्रीपरिषद्को कार्यालयले सरकारी कर्मचारीले फेसबुक र ट्विटर चलाएर सेवामा ढिलासुस्ति गरेकाले दीर्घकालिन रूपमा कार्यालय अवधिभर फेसबुक र ट्विटर बन्द गरेको मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवले जानकारी दिनुभयो ।

Published On:  405पटक हेरिएको

तपाईको प्रतिक्रिया