यस बर्षको एसएलसी शुरू

काठमाडौं–चैत १८ । यसवर्षको प्रवेशिका अर्थात एसएलसी परीक्षामा आज सुरु भएको छ । परीक्षाको पहिलो दिन विद्यार्थीहरूले आज अंग्रेजी विषयको परीक्षा दिए । यस बर्षको एस एलसीमा ६ लाख १५ हजार ५ सय ५४ परीक्षार्थी सहभागी भएको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ र एक्ज्याम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ विद्यार्थी सहभागी हुने छन् ।

mar_20_2012_SLC_examination_lत्यस्तै, प्राविधिकतर्फ तीन हजार २ सय ५५ परीक्षार्थी सहभागी हुने छन् । परीक्षाका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी काठमाडौंमा ९५ परीक्षाकेन्द्रमा ३६ हजार ८ सय ८६ परीक्षार्थी छन् भने सबैभन्दा कम मनाङमा एउटा मात्र परीक्षाकेन्द्रमा ६९ परीक्षार्थी छन् ।

तपाईको प्रतिक्रिया