नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै

चैत १४ । नेपाली फुटबल टोलीले आज मलेसियाको २२ वर्ष मुनिको टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै छ । नेपाल र मेलेसियावीचको खेल टुएन्कु अब्दुल रहमान रंगशालामा नेपाली समयअनुसार बेलुकी ६ बजेर ४५ मिनेट शुरू हुनेछ । ग्युटुको कोजीको प्रशिक्षणमा रहेको नेपालको यो पहिलो खेल समेत हो । नेपाली फुटबल टिममा गोलकिपरमा विकेश कुथु, किरण चेम्जोङ र विशाल राई रहेका छन् । त्यस्तै, डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र काकी, कमल श्रेष्ठ रविन श्रेष्ठ, रन्जित धिमाल र मानबहादुर तामाङ रहेका छन् । मिड्फिल्डरमा जगदित श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल रहेका छन् । फर्डवाडमा नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुमन लामा, विश्वास श्रेष्ठ र भरत खवास रहेका छन् ।

Published On:  328पटक हेरिएको

तपाईको प्रतिक्रिया