नक्कली डाक्टर पक्राउ

चैत १३ । केन्द्रीय  अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र भएका २ जना डाक्टर पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा रौतहट मतसरी ५ बस्ने ३१ वर्षीय राजिवकुमार झा र बारा बहुअरी ४ imagesबस्ने २९ वर्षीय पृथ्वीनारायण यादव रहेका छन् । प्रमाणपत्र पेश गरेर एमबिबिएस अध्ययन गरी चिकित्सा पेशा अपनाउन मेडिकल काउन्सिलमा चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा दिन आएका झा र यादवलाई केन्द्रीय अनुसन्धान व्यूरोले शनिबार परीक्षा केन्द्रबाटै पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया