सांसद ल्हारक्याल लामा फेरी पक्राउ

काठमाडौ–चैत,८ । बैंकको लकरमा गोली राखेका कारण साढे ६६ हजार धरौटी बुझाएर हिरासतमुक्त भएका एकीकृत माओवादीका सांसद ल्हारक्याल लामा पुन: ठगी अभियोगमा पक्राउ परेका छन् । अख्तियारको छानबिनका क्रममा लकरमा १४ थान गोली भेटिएपछि सार्वजनिक अपराधको मुद्दामा ८ दिन थुनामा बसेका लामा आज मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ६६ हजार ७ सय ५० रूपैयाँ धरौटी बुझाएर छुटेका थिए । तर कार्यालयको गेटबाट धरौटी बुझाएर बाहिर निस्कना साथ वैदेशिक रोजगारीको ठगी मुद्दामा लामा पुन: पक्राउ परेका हुन् ।

Published On:  437पटक हेरिएको

तपाईको प्रतिक्रिया