राजकुमार ह्यारी भेटघाटमा व्यस्त

काठमाडौं–चैत, ७ ।  बेलायती राजकुमार ह्यारी नेपाल आज विभिन्न भेटघाटमा व्यस्त हुनुभएको छ । नेपाल–बेलायत कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पुगेको सन्दर्भ पारेर बेलायती महारानीको प्रतिनिधिका रूपमा राजकुमार ह्यारी पहिलोपटक नेपाल आउनुभएको हो । ह्यारीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ । ह्यारीले आज ललितपुर क्षेत्रको अवलोकन गर्नुभएको छ । बेलायती दूतावासले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार ह्यारी सोमबार बर्दिया जानुहुनेछ । बर्दियामा राष्ट्रिय निकुञ्जको अवलोकन र खौराहा नदीमा जलयात्रा गर्नुहुनेछ । त्यसैगरी, स्थानीय डल्ला होमस्टेको अवलोकन गर्ने सोही दिन पोखरा प्रस्थान गर्ने कार्यक्रम छ । राजकुमारले पोखराको पर्वतीय श्रृङखलाको अवलोकन र भूकम्पबाट घर गुमाएका ब्रिटिश गोर्खा सैनिकका परिवारसँग भेट गर्नुहुनेछ । ह्यारीले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्नुभएको थियो ।

Published On:  117पटक हेरिएको

तपाईको प्रतिक्रिया