एमाओवादी बैठकमा संगठन र पार्टी एकता विषयमा छलपल

काठमाडौं–चैत, ६ । एकीकृत नेकपा माओवादी केन्द्रीय समिति बैठकमा संगठन बिभाग, पार्टी एकता र सरकारको समीक्षाबारे छलफल भएको छ । पार्टी कार्यालय पेरिस डांडामा आज बसेको बैठकमा संगठन बिभाग गठन, बिधान संशोधन, नेकपा क्रान्तिकारी माओवादीसंगको एकता, सरकारको काम कारवाही, संगठन बिस्तार र जनपरिचालन अभियानबारे समेत छलफल भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो । बैठकमा प्रदेश इन्चार्ज र बिभागिय प्रमुखहरुले रिर्पोटिङ गरेका थिए । केन्द्रीय समिति बैठक अघि अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको स्थायी कमिटी बैठकले महासचिव महराको नेतृत्वमा संगठन बिभाग र सचिव बर्षमान पुनको संयोजकत्वमा बिधान संशोधन कार्यदल बनाउने प्रस्ताव तयार पारेको थियो ।

तपाईको प्रतिक्रिया