कांग्रेस प्रदेश प्रतिनिधि दुवै पक्षका बराबर

काठमाडौं–चैत, १ । कांग्रेस प्रदेशतर्फका केन्द्रीय  सदस्यहरुमा सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल प्यानलका सात सात  जना निर्वाचित भएका छन् । सात प्रदेशबाट २/२ जनाको दरले र्निवाचित १४ जना केन्द्रीय सदस्यहरुमा दुबै प्यानलका बराबर सदस्यले जितेका हुन् । नतिजा अनुसार प्रदेश नम्बर एकबाट गुरुराज घिमिरे र भिष्मराज आङदम्बे, दुई नम्बर प्रदेशबाट रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन् । यसैगरी तीन नम्बर प्रदेशबाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत, चार नम्बर प्रदेशबाट गोविन्द भट्टराई र सुरेन्द्र पाण्डे, पांच नम्बर प्रदेशबाट दिपक गिरी र देवेन्द्रराज कंडेल निर्वाचित भएका हुन् । यस्तै ६ नम्बर प्रदेशबाट हृदयराम थामी र जीबनबहादुर शाही तथा सात नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया