प्रधानमन्त्रीको आसन्न चीन भ्रमण राष्ट्रहितमा केन्द्रित होस्–एमाले

काठमाडौं, ३० फागुन ।
सत्तारुढ दल नेकपा एमालले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चैत पहिलो साता हुन लागेको चीन भ्रमणलाई नेपालको दीर्घकालीन हितमा उपयोग गर्न सुझाव दिएको छ ।UML-MEETINg

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको एजेण्डा बारे छलफल गर्न बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीको भ्रमण नेपालको हित र इन्धनको दीर्घकालीन समस्या समाधानमा केन्द्रित हुनुपर्ने सुझाव दिएको हो । बैठकले इन्धन र अत्यावश्यक वस्तुको आयात सहज बनाउन तथा ठूला विकास आयोजना निर्माणमा भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको छ ।

बैठकले उत्तर नाका जोड्ने सडक २ लेनको बनाउन र चिनियाँ लगानीमा सञ्चालित आयोजनाको कामलाई अघि बढाउने विषयमा चीनिया पक्षसँग आवश्यकता अनुसार छलफल गरि निष्कर्षमा पुग्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । एमालेले सर्वोच्च अदालतको न्यायाधिश नियुक्तिको विषयलाई विवादित नबनाई छिटो टुङ्गोमा पु¥याउन समेत प्रधानमन्त्रीलाई सुझाब दिएको छ ।

तपाईको प्रतिक्रिया