केन्द्रीय सदस्यमा खुमबहादुर र प्रकाशमान नै अगाडि

काठमाडौ–फाल्गुन २८ ।  नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि भएको मतदानको अहिलेसम्म परिणाम अनुसार नेता खुमबहादुर खड्का सबैभन्दा अगाडि देखिनुभएको छ । गणना भएको पाँच सय मतमा खुमबहादुर खड्का र प्रकाशमान सिंह अग्रस्थानमा देखिएका छन् । दुवैले २९७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया