मोडलिङ र अभिनय रहर मात्रै उद्देश्य भने कुशल गायिका बन्नु हो : सुजाता

काठमाडौं । नेपाली कला क्षेत्रमा नयाँ प्रतिभाहरुको आगमन बढ्दो छ । कसैले पाइला टेक्न नपाउँदै पलायन भएका छन् त कसैले आफ्नो भविष्य नै कलाकारितालाई बनाएका छन् । मोडलिङ, गीत–संगीत र गायनमा करिअर बनाउने अभिलाषाले रंगीन दुनियाँkalakaritama jamdai sujataमा पाइला टेकका कलाकारको भीडमा सुजात केसी जमेकै छिन् । मोडलिङ, अभिनय र गायन तीन विधालाई अँगालेकी सुजाताले ‘सूर्या’ नामक नेपाली चलचित्रमा पाश्र्वगायनसँगै अभिनयसमेत गरेकी छन् । यिनै सुजाताले आफ्नो एकल स्वरमा ‘काकाकुल’ नामक आधाुनिक गीति एल्बम श्रोतामाझ ल्याएर आफू गायनमा पनि अब्बल रहेका प्रमाणित गर्न खोजेकी छन् । हालै उक्त एल्बम सार्वजनिक कार्यक्रममा सुजाताले भनिन्–‘अभिनय र मोडलिङ मेरो रहर मात्रै हो, उद्देश्यचाहिँ एक कुसल गायिका बन्ने रहेको छ ।’ हुन त उनी अभिनित चलचित्र ‘सुर्या’ रिलिज भएको छैन । यद्यपी ‘सुर्या’बाट राम्रो रेस्पोन्स पाएमा अभिनयलाई पनि निरन्तरता दिने बताएकी छन् । गणेश केसी निर्मित ‘सुर्या’ मा सुजाता अभिनेता मुकेश ढकालसँग देखिँदैछिन् । यस चलचित्रमा उनको एकल पाश्र्वगायन समेत रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको यस चलचित्रमा ‘क्या बबाल’ र ‘तिमी नै हौ’ बोलको दुई गीत छन् । वि.सं.२०७० सालमा ‘पाउजुको छमछम’ नामक तीज गीति एल्बम ल्याएर सांगीतिक क्षेत्रमा होमिएकी सुजाताले भनिन्, ‘मेरो गायन करिअरका लागि मेरो बुबा गणेश केसी धेरैसजग हुनुहुन्छ । उहाँकै प्रेरणा र हौसलाले आज यहाँ छु ।’ सुजाताको ‘काकाकुल’ मा आज कोही, किन कोही, जसले भुल्छ, तिमी देखि बोलका सात वटा गीत छन् । एल्बमको एउटा म्युजिक भिडियो केही दिनमै रिलिज गर्ने उनले सुनाइन् । सुजाताले आफ्नो भिडियोमा समेत आफैले मोडलिङ गरेकी छन् ।

तपाईको प्रतिक्रिया