काठमाडौ–फागुन, २५ । नेपाली कांग्रेसको सभापतिमा पदमा वरिष्ठ नेता शेरबहादुर देउवा सहज रूपले निर्वाचित हुनुभएको छ । देउवाले १ हजार ८ सय २२ मत ल्याएर सभापतिमा निर्वाचित हुनुभएको हो । सोमबार दिउँसो भएको दोस्रो चरणको निर्वाचनमा रामचन्द्र पौडेललाई ५ सय २६ मतान्तरले पराजित गर्दै देउवा कांग्रेसको बन्नुभएको हो । आइतबार भएको पहिलो चरणको मतदानमा देउवा ११ मतले सभापतिमा हुन चुकेका थिए । तर, दोस्रो चरणमा देउवाले आवश्यक भन्दा बढि मत प्राप्त गर्नुभएको हो । देउवा कांग्रेस सभापति नियुक्त भएसँग कांग्रेसमा लामो समयदेखिबाट हुँदै आएको कोइराला परिवार नेतृत्वबाट बाहिरिएको छ ।