नवनिर्वाचित राष्ट्रपति पौडेल आज शितलनिवासमा, भण्डारीको विदाइ

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आज आफ्नो निजी निवास बोहोराटारबाट राष्ट्रपति भवन शितल निवास सर्ने कार्यक्रम रहेको छ । पौडेलले दिउँसो १ बजे शपथ ग्रहण गर्ने र त्यसपछि शितलनिवासमा बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै राष्ट्रपति दुई कार्यकाल पूरा गरेकी विद्यादेबी भण्डारी आज शितल निवासबाट आफ्नो निजी निवास सर्दै छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौं– मुलुकको चौथो कार्यकालको तेस्रो राष्ट्रपतिका रूपमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत प्राप्त गर्नुभएको छ ।