नवनिर्वाचित राष्ट्रपति पौडेल आज शितलनिवासमा, भण्डारीको विदाइ

काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएका कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आज आफ्नो निजी निवास बोहोराटारबाट राष्ट्रपति भवन शितल निवास सर्ने कार्यक्रम रहेको छ । पौडेलले दिउँसो १ बजे शपथ ग्रहण गर्ने र त्यसपछि शितलनिवासमा बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै राष्ट्रपति दुई कार्यकाल पूरा गरेकी विद्यादेबी भण्डारी आज शितल निवासबाट आफ्नो निजी निवास सर्दै छन् ।

तपाईको प्रतिक्रिया