सरकारबाट बाहिरिने उपप्रधानमन्त्री कमल थापाको चेतावनी

दाङ–उपप्रधान एवं संघीय मामीला तथा स्थानीय विकास मन्त्री कमल थापाले सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । मन्त्री थापाले हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्वाचन आयोगको निर्णय उपर आयोगले पूर्नबिचार नगरे सरकारबाट बाहिरिने चेतावनी दिनुभएको हो ।

दाङमा मङ्गलबार  भएको पत्रकार भेटघाटमा थापाले आफ्नो पार्टीको बिधानमा उल्लेख गरिएको संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र भन्ने वाक्यांश हटाउनु पर्ने निर्वाचन आयोगको निर्णय उपर तत्काल पूर्नबिचार गर्नुपर्ने बताउनु भयो । लोकतन्त्रमा आ–आफ्नै बिचार र सिद्धान्त हुने उहााले बताउनुभयो । राप्रपाको बिधान असंबैधानीक छ भने बामपन्थीहरुको साम्यबादको सिद्धान्त पनि संविधान अनुकूल नहुने उहााले भनाई थियो ।

तपाईको प्रतिक्रिया