नुवाकोटको भैरवी आयल स्टोर्स शिल

नुवाकोट–साउन ३ । पेट्रोलियम पदार्थमा मिसावट भएको आशंकमा नुवाकोटको बट्टारस्थित भैरवी आयल स्टोर्स पेट्रोल पम्प शिल गरिएको छ ।

talaबेलकोटका रामचन्द्र डोटेल र बट्टारका पुजन श्रेष्ठले गाडीमा इन्धन भरर चलाउन खोज्दा नचलेपछि मिसावटको आशंका गरिएको थियो । उजुरीका आधारमा प्रारम्भिक अनुगमन गर्दा कैफियत देखिएपछि प्रशासनले पम्पमा शिलबन्दी गरेको हो । मध्यरातमा अनुगमन गर्न पुगेका नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, प्रहरी प्रमुख प्रहरी उपरीक्षक देबबहादुर बोहरालगायतको टोलीले शंकास्पद देखिएको भन्दै पम्पमा शिल गर्ने आदेश दिएका थिए ।

बट्टारको संगम चोकमा रहेको भैरवी पेट्रोल पम्पका सञ्चालकले पम्पको इन्धन भण्डारणमा पहिरो गएकाले धमिलो पानी मिसिएको हुनसक्ने भन्दै आफ्नो बचाउँ गरेका छन् ।

तपाईको प्रतिक्रिया