फ्रान्स र पोर्चुगलबीच आइतबार उपाधि भिडन्त

एजेन्सी–असार । विश्व विजेता जर्मनीलाई हराउंदै आयोजक फ्रान्स युरोकपको फाइनलमा पुगेको छ । योसँगै युरोकप २०१६ को उपाधिका लागि फान्स र पोर्चुगल भिड्ने भएका छन् ।

फाइल फोटो
फाइल फोटो

गयराति भएको खेलमा उपाधिको दाबेदार मानिएको जर्मलाई २–० गोलअन्तरले हराउंदै फान्स उपाधि नजिक पुगेको हो । फ्रान्सका लागि दुवै गोल एन्टोनी ग्रिजम्यानले गरेका थिए । जर्मनीमाथि फ्रान्सको यो ऐतिहासिक जित हो । कुनै पनि मुख्य प्रतियोगितामा फ्रान्सले जर्मनीलाई सन् १९५८ यता हराउन सकेको थिएन । बलमा नियन्त्रण जर्मनीको धेरै भएपनि गोल गर्ने राम्रा अवसर सदुपयोग गर्न नसक्दा जर्मन सेमिफाइनल चरणबाटै बाहिरिएको छ ।

फ्रान्सले उपाधि रक्षाका लागि आउँदो आइतबार पोर्चुगलको सामना गर्नेछ । पोर्चुगल यसअघि नै वेल्सलाइ २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । आइतबारको उपाधि भिडन्तलाई उदयमान स्टार एन्टोनी ग्रिजम्यान र पुराना स्टार खेलाडी रोनाल्डोबीचको प्रतिस्पर्धाका रुपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया