काठमाडौं–जेठ । भूकम्पबाट ७ खर्ब बढी क्षती व्यहोरेको नेपाली अर्थतन्त्रले तराई मधेश आन्दोलनबाट झनै ठूलो व्ययभार व्यहोर्नुप¥यो । औषतमा एक दिनको बन्दबाट १ अर्ब ७० करोडको क्षति पुग्ने प्रक्षेपण गरिएपनि बन्द हड्ताल रोक्नेतर्फ सरोकारवाला पक्ष जिम्मेवार नभइदिदा देशको अर्थतन्त्रमा नकारात्मक असर देखापरेको छ ।
नेपाल राष्ट्र बैंकले सन् २००८ देखि २०१३ सम्मको ५ वर्षमा भएका बन्द, हड्तालको अध्ययन गरी तयार पारेको एक अध्ययन प्रतिवेदनले एक दिनको बन्दले औसतमा अर्थतन्त्रमा १ अर्ब ८० करोड रुपैयाँको क्षति पुग्ने देखाएको थियो । त्यो समयको बन्दबाट चालू वर्षको मूल्यमा प्रतिवर्ष २७ अर्ब रुपैया“को क्षति, कुल गार्हस्थ्य उत्पादनमा प्रतिवर्ष १.४ प्रतिशतले कमि र ५ वर्षमा नेपालको अर्थतन्त्रमा कुल १ खर्ब १७ अर्ब रुपैयाँको क्षति पुगेको थियो । अहिले पनि एक दिनको बन्दको असर यहि अनुपातमा हुने अर्थवि डाा.विश्वम्भर प्याकुरेलले बताउँनुभयो ।
हुनत, सन् २०११३ पछि एक दिनको बन्दले राज्यलाई कति नोक्सान हुन्छ भन्ने कुनै वैज्ञानिक अध्ययन अनुसन्धान भएका छैनन । र पनि निजी क्षेत्रले दैनिक ३ अर्बको क्षति हुने गरेको दाबी गर्दै आएको छ । कुल १९ खर्ब २९ अर्बको कुल गार्हस्थ्य उत्पादन रहेको मुलुकमा एक दिनको बन्दले आधाभन्दा बढी उत्पादकत्व ह्रास हुने भएकाले ३ अर्बको क्षति हुने आकलन नीजि क्षेत्रको छ । यसरी राज्यलाई दबाब दिन गरिने एक दिनको बन्दबाट राज्यले राजस्व गुमाउनेमात्रै होइन, सर्वसाधारण र निजी क्षेत्रले झण्डै महिनादिनसम्म ठूलो असर व्यहोर्नुपर्ने जनकारहरु बताउछन् ।
निकासी व्यापार र पर्यटनजस्ता क्षेत्रमा बन्दको प्रभाव बढी देखिएपनि अर्थतन्त्रको २ तिहाइभन्दा बढी हिस्सा रहेको निजी क्षेत्र बढी मारमा परेको छ । अझ दिनमा काम नगर्दा साँझको छाक टार्न नसक्ने वर्ग बन्दको प्रत्यक्ष मारमा छ । अर्थविद् डा. प्याकुरेल बन्द हड्तालले देशको आर्थिक समृद्धि र आत्मनिर्भर बन्ने अभियान बिथोलेको भन्दै समस्या आउनुपूर्व नै सरकार र प्रमुख दल गम्भिर नबन्दा देशको अर्थतन्त्रमा नकारात्मक असर बढिरहेको बताउँनुहुन्छ ।
बन्द हड्तालको असर स्वरुप नेपाली अर्थतन्त्र चलायमान हुन नसकेको र परनिर्भरता बढेको उहाँको बुझाई छ आफ्ना माग सम्बोधन गराउने नाममा हुने बन्द हड्तालको असर देशको अर्थतन्त्रसँगै नागरिकको दैनिकिसँग समेत जोडिएको छ । जनताको नाम भजाएर उनीहरुलाई नै दुःख दिने यस्ता बन्द,हड्ताल कहिलेसम्म ?