एक दिनको बन्दबाट डेढ अर्ब नोक्सानी, अर्थतन्त्रमा दिर्घकालिन असर

काठमाडौं–जेठ । भूकम्पबाट ७ खर्ब बढी क्षती व्यहोरेको नेपाली अर्थतन्त्रले तराई मधेश आन्दोलनबाट झनै ठूलो व्ययभार व्यहोर्नुप¥यो । औषतमा एक दिनको बन्दबाट १ अर्ब ७० करोडको क्षति पुग्ने प्रक्षेपण गरिएपनि बन्द हड्ताल रोक्नेतर्फ सरोकारवाला पक्ष जिम्मेवार नभइदिदा देशको अर्थतन्त्रमा नकारात्मक असर देखापरेको छ ।

KATHMANDU, NEPAL - JANUARY, 20: A woman walks on Kathmandu’s ring road emptied of traffic during the opposition bandh that shuttered the city on January 20, 2015 in Kathmandu, Nepal. Photo by Omar Havana

नेपाल राष्ट्र बैंकले सन् २००८ देखि २०१३ सम्मको ५ वर्षमा भएका बन्द, हड्तालको अध्ययन गरी तयार पारेको एक अध्ययन प्रतिवेदनले एक दिनको बन्दले औसतमा अर्थतन्त्रमा १ अर्ब ८० करोड रुपैयाँको क्षति पुग्ने देखाएको थियो । त्यो समयको बन्दबाट चालू वर्षको मूल्यमा प्रतिवर्ष २७ अर्ब रुपैया“को क्षति, कुल गार्हस्थ्य उत्पादनमा प्रतिवर्ष १.४ प्रतिशतले कमि र ५ वर्षमा नेपालको अर्थतन्त्रमा कुल १ खर्ब १७ अर्ब रुपैयाँको क्षति पुगेको थियो । अहिले पनि एक दिनको बन्दको असर यहि अनुपातमा हुने अर्थवि डाा.विश्वम्भर  प्याकुरेलले बताउँनुभयो ।

हुनत, सन् २०११३ पछि एक दिनको बन्दले राज्यलाई कति नोक्सान हुन्छ भन्ने कुनै वैज्ञानिक अध्ययन अनुसन्धान भएका छैनन । र पनि निजी क्षेत्रले दैनिक ३ अर्बको क्षति हुने गरेको दाबी गर्दै आएको छ । कुल १९ खर्ब २९ अर्बको कुल गार्हस्थ्य उत्पादन रहेको मुलुकमा एक दिनको बन्दले आधाभन्दा बढी उत्पादकत्व ह्रास हुने भएकाले ३ अर्बको क्षति हुने आकलन नीजि क्षेत्रको छ । यसरी राज्यलाई दबाब दिन गरिने एक दिनको बन्दबाट राज्यले राजस्व गुमाउनेमात्रै होइन, सर्वसाधारण र निजी क्षेत्रले झण्डै महिनादिनसम्म ठूलो असर व्यहोर्नुपर्ने जनकारहरु बताउछन् ।

निकासी व्यापार र पर्यटनजस्ता क्षेत्रमा बन्दको प्रभाव बढी देखिएपनि अर्थतन्त्रको २ तिहाइभन्दा बढी हिस्सा रहेको निजी क्षेत्र बढी मारमा परेको छ । अझ दिनमा काम नगर्दा साँझको छाक टार्न नसक्ने वर्ग बन्दको प्रत्यक्ष मारमा छ । अर्थविद् डा.  प्याकुरेल बन्द हड्तालले देशको आर्थिक समृद्धि र आत्मनिर्भर बन्ने अभियान बिथोलेको भन्दै समस्या आउनुपूर्व नै सरकार र प्रमुख दल गम्भिर नबन्दा देशको अर्थतन्त्रमा नकारात्मक असर बढिरहेको बताउँनुहुन्छ ।

बन्द हड्तालको असर स्वरुप नेपाली अर्थतन्त्र चलायमान हुन नसकेको र परनिर्भरता बढेको उहाँको बुझाई छ आफ्ना माग सम्बोधन गराउने नाममा हुने बन्द हड्तालको असर देशको अर्थतन्त्रसँगै नागरिकको दैनिकिसँग समेत जोडिएको छ । जनताको नाम भजाएर उनीहरुलाई नै दुःख दिने यस्ता बन्द,हड्ताल कहिलेसम्म ?

तपाईको प्रतिक्रिया