पोखराका डान्सबार प्रहरी निगरानीमा, अश्लील कार्यमा संलग्न भटाभट पक्राउ

कास्की–जेठ ५ । प्रहरीले पोखराको महेन्द्रपुलमा रहेको अवैध डान्सबारमा छापामारि अश्लील कार्यमा संलग एक जोडीसहित ११ जनालाई नियन्त्रणमा लिएको छ ।
dance pokharaमंगलबार साँझ छड्के अनुगमनमा पुगेको प्रहरीले महेन्द्रपुलस्थित अबैध तथा अश्लील कार्यमा संलग्न सोनिक नाइट क्लब एण्ड डान्सबारबाट ११ जनालाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय बैदामले अवैध क्लबमा छापा मार्नेक्रममा एक १८ वर्षीया युवतीलाई ५२ वर्षीय पुरुषले काखमा राखेर अश्लील क्रियाकलाप गरिरहेको भेटिएको भन्दै कारबाहीको दायरामा ल्याउने जनाएको छ ।  बार सञ्चालक आशिष क्षेत्रीसहित १० जना डान्सरलाई नियन्त्रणमा लिएको कस्की प्रहरीले सञ्चालक र अश्लील क्रियाकपलापमा संलग्नलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा प्रक्रिया अघि बढार्इ अन्यलाई सम्झाइबुझाई गरेर छाडेको जानकारी दिएको छ ।

प्रहरीले नृत्यकलाका नाममा अश्लीलता बढाउने र अपराधलाई पक्षपोषण गर्ने जो कसैलाई कारबाहीको दायरामा ल्याउने बताएको छ ।

तपाईको प्रतिक्रिया