पत्रकार महासङ्घको साधारणसभा सुरु, विधानमा व्यापक संशोधन हुने

mahasangकाठमाडौ–बैशाख २१ । नेपाल पत्रकार महासङ्घको विधानसभाका रुपमा हेरिएको साधारणसभा चितवनको रत्ननगरमा शुरु भएको छ । साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ ।

विभिन्न जिल्ला शाखा, प्रतिष्ठान, एसोसिएटबाट सभासद (पार्षद)हरु साधारणसभामा सहभागी भएका छन् । उद्घाटनपछिको बन्द सत्रमा महासंघको विधान संशोधन प्रस्ताव पेश हुनेछ । संशोधन प्रस्तावमा महासंघले प्रदेशको संरचना तथा अरु केही नयाँ प्रस्तावहरु सहितको अवधारणा ल्याएको छ । मस्यौदामा केन्द्र, प्रदेश र स्थानीय तीन तहको सङ्गठन संरचना प्रस्ताव गरिएको छ । जसअन्र्तगत १० प्रादेशिक संरचनाको प्रस्ताव, सात प्रदेश तथा एक÷एक उपत्यका, एसोसिएट र प्रतिष्ठान प्रदेशमा पदाधिकारी तथा सदस्यको व्यवस्था गरिनेछ ।

सबैभन्दा महत्वपूर्ण कुरा महासंघले विधान संशोधन प्रस्तावमा उच्च मावि उत्तिर्ण गरेपछि मात्र पत्रकार हुन पाइने प्रस्ताव अघि सारेको छ । यसअघि एसएलसी उत्तीर्ण गरेकाहरुलाई महासंघले सदस्यता दिने प्रावधान थियो । जारी अधिबेशनमा १ हजार ६ सय ५१ पार्षद र अतिथि साधारणसभामा सहभागी भएको बताइएको छ ।

१० हजारभन्दा बढी सदस्य रहेको महासंघका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । अधिबेशनस्थल चीतवन पत्रकारहरुको जमघटका कारण खचाखच देखिएको छ ।

तपाईको प्रतिक्रिया