बैतडीमा ५० शय्याको आधुनिक अस्पताल बन्ने

बैतडी–१९ चैत । लामो समयको प्रयासपछि बैतडी जिल्लामा ५० शय्याको आधुनिक अस्पताल बन्ने भएको छ । स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गरेको प्रस्ताव स्वीकृत भएपछि जिल्लामा ५० शय्याको अस्पताल बन्ने सुनिश्चित भएको हो ।

बैतडी जिल्लामा रहेको पुरानो अस्पताल भत्काएर अत्याधुनिक सेवा सुविधा सम्पन्न नयाँ अस्पताल बन्न लागेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो । उहाँले ५० शय्याकोे अस्पताल निर्माणका लागि भवन डिभिजन कार्यालयले छिट्टै ठेक्का प्रक्रिया अगाडि बढाउने र नयाँ अस्पताल बनेपछि जिल्लामा सबै प्रकारका विषेशज्ञ डाक्टरको दरबन्दी हुने बताउनुभयो ।

सबै प्रकारका रोगको उपचार हुनेगरि आधुनिक तथा विज्ञहरुको व्यवस्थामा ध्यान दिइने गरि अस्पताल निर्माण र व्यवस्थापन गरिने
जिल्ला जनस्वास्थ्यले जनाएको छ ।

तपाईको प्रतिक्रिया