बिधार्थीले शिक्षक कुटेको बिरोधमा आर. आर. क्याम्पसमा पढाउन बन्द

काठमाण्डौ-  विद्यार्थीले शिक्षक कुटेको बिरोधमा प्राध्यापक संघले रत्न राज्य क्याम्पसमा पढाउन बन्द गर्ने निर्णय गरेका छन् ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ र नेपाल प्रगतिशील प्राध्यापक संगठनले संयुक्त बिज्ञप्ति जारी गर्दै  शैक्षिक स्थलमा प्राध्यापकहरु नै असुरक्षित हुने अवस्था रहेसम्म अध्यापन गर्ने स्थिति नरहेको बताएका छन् ।

बिज्ञप्तिमा आक्रमणकारीलाई गल्ती अनुसारको कारबाही नभएसम्म अध्यापन गर्ने नसकिने उल्लेख गरेका छन् ।

आन्तरिक परीक्षामा चिट चोर्ने नदिएको भन्दै कुवेर जेठाराले शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका थिए ।कुटपिटबाट क्याम्पसका शिक्षक घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया