मनकामना लघुवित्तको आईपीओ आज देखि भर्न सकिने, यसरी दिनुहोस् आवेदन

काठमाण्डौ- मनकामना स्मार्ट लघुवित्त बित्तीय संस्थाको साधारण शेयर(आईपीओ) मा सर्वसाधारणले आज असार १७ गते देखि २१ गते सम्म आवेदन दिन सक्नेछन् । यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ।

संस्थाले सर्वसाधारणको लागि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ६ हजार ५८ कित्ता कर्मचारीहरुलाई, १९ हजार ४५० कित्ता सामुहिक लगानीकोषको लागि छुट्टाएको छ भने बाँकी भएको ३ लाख ६३ हजार ४९२ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले साधारण शेयरका लागि न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता आवेदन दिंदा ठिक?

 धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा ३  लाख ६३ हजार ४९२ कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन कित्ता थोरै भएकोले यस अगाडी आईपीओमा धेरै गुणा आवेदन परेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

कसरी दिने आवेदन?

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

 

तपाईको प्रतिक्रिया