खोप लगाएकालाई कोरोना हुन्छ या हुदैन ? भएमा के हुन्छ ? बुझिराखौं

 

काठमाडौं । अहिले धेरै मानिसको चासो छ, कोरोना विरूद्धको खोप लगाएका व्यक्तिलाई कोरोना हुन्छ या हुदैन ? पछिल्लो घटनाहरूलाई हेर्ने हो भने कोरोना खोप लगाएका समिति व्यक्तिलाई मात्र कोरोना संक्रमण भएको पाइएको छ । अन्थथा कोरोना खोप लगाएका व्यक्तिहरू धेरै हदसम्म सुरक्षित रहेको पाइएको छ । यदि कोरोनाको दुबै डोज लगाएर दुई हप्ता समयवाधि कटिसकेको छ भने त्यस्तो अवस्थामा कोरोना संक्रमण हुने सम्भावना अति नै कम हुन्छ । सक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार दुवै डोज कोरोना खोप लगाउदै लगाउदै पनि कोरोना संक्रमण भएमा सक्रमितलाई सामान्य असर मात्र देखिने तर जटिल अवस्था भने आउँदैन । पुनका अनुसार एकाध वाहेक खोप लगाएका व्यक्ति स्वास्थ्य अवस्था जटिल भएर अस्पताल आएका घटना देखिएका छैनन् । यसर्थ कोरोनाबाट बच्न खोप नै उत्तम विकल्प हो । यही वास्तविकतालाई मध्यनजर गर्दै सरकारले यथाशीघ्र खोप उपलब्ध गराउनुपर्दछ ।

तपाईको प्रतिक्रिया