कोरोना संक्रमणबाट एकै दिन १६८ जनाको मृत्यु, ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टी

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ हजार ३ सय ५ जनामा कोरोना भाईरस संक्रमण (कोभिड-१९) पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार ३ सय ६२ पिसिआर परिक्षण र ४ सय २४ एन्टीजेनबाट कुल ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

२४ घण्टामा १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाईरसबाट ४ हजार ४ सय ४४ जना निको भएका छन् ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६ सय ३४ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया