इजरायल गाजा “नरसंहारको आरोपमा संयुक्त राष्ट्रसंघीय अदालतमा उपस्थित हुने

इजरायलले गाजामा नरसंहार गरेको आरोपमा दक्षिण अफ्रिकाले इजरायलका विरुद्ध संयुक्त राष्ट्रसंघीय अदालतमा मुद्दा दायर गरेको छ ।

मुद्दाको सुनुवाइमा नेदरल्याण्ड्सको हेग स्थित संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय अदालत (आईसीजे) मा उपस्थित हुने निर्णय गरेको इजरायली समाचार वेबसाइट थ्लभत ले सोमबार उल्लेख गरेको छ । इजरायलले नरसंहार विरुद्धको महासन्धिमा हस्ताक्षर गरेको स्वीकार गर्दै इजरायली राष्ट्रिय सुरक्षा सल्लाहकार हानेग्बीले कार्यवाहीको बहिष्कार नगर्ने, तर उपस्थित भई आफू विरुद्धको षड्यन्त्रलाई अस्वीकार गर्ने बताउनु भएको वेबसाइटमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा वरिष्ठ अधिकारी बीचको छलफल अघि नै यो निर्णय लिइएको हो । शुक्रबार दायर गरिएको मुद्दामा “गाजा स्ट्रिपमा प्यालेस्टिनीको नरसंहारको रोकथाम तथा सजायको महासन्धि अन्तर्गतको दायित्वको इजरायलले उल्लङ्घन गरेको अन्तरराष्ट्रिय अदालत (आईसीजे) ले जनाएको छ । दक्षिण अफ्रिकाले संयुक्त राष्ट्रसंघीय अदालतलाई “नरसंहार महासन्धि अन्तर्गत प्यालेस्टिनी जनताको अधिकारलाई गम्भीरताका साथ लिई थप क्षतिबाट जोगाउन प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया