अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद

प्रहरीले दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा हातहतियार र गोलाबारुद फेला पारेको प्रान्तीय प्रहरी प्रवक्ता बिलाल उरुजगानीले आइतबार बताउनुभएको छ ।
उहाँले अवैधरूपमा हतियार र गोलाबारुद राखेको आरोपमा एक जनालाई प्रक्राउ गरेको बताउनुभयो । उहाँका अनुसार प्रान्तको उर्जगान जिल्लामा हालै गरिएको अपरेसनमा फेला परेका हातहतियारमा एकेएमका दुई टुक्रा, चार थान पेस्तोल र हजारौँ गोली समावेश छन् ।
यस्तै पूर्वी पक्तिया प्रान्तको अहमद आबाद जिल्लामा केही दिनअघि प्रहरीले एकेएमको अर्को टुक्रा पनि बराबमद गरेको थियो ।

तपाईको प्रतिक्रिया