समाजसेवी तथा अभियान्ता स्वरूपा श्रेष्ठ सम्मानित

काठमाडौं– लामो समयदेखि क्यान्सर सचेतना तथा न्यूनिकरणमा लाग्दै आउनुभएकी स्वरूपा श्रेष्ठ सम्मानित हुनुभएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर उहाँलाई नेपाल चेम्बर अफ कर्मश नेपाल महिला च्याप्टरले सम्मान गरेको हो । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहस्थापक र निर्देशक समेत रहनु भएकी श्रेष्ठलाई चेम्बरले स्वास्थ्य क्षेत्रतर्फ महिला उद्यमीको रूपमा सम्मान गरेको हो । श्रेष्ठले. उपचारका लागि सहयोगी हातहरू, नेपाल क्यान्सर सपोर्ट गु्रप, रोटरी क्लब, लायन्स क्लब, क्यान्सर रिलिफ सोसाइटी लगायतका संस्थाको नेतृत्वमा रहेर क्यान्सर सम्बन्धी सचेतना फैलाउने काममा निरन्तर लाग्दै आउनुभएको छ ।

छ ।

तपाईको प्रतिक्रिया