३ हजार २४८ नमुना परिक्षणमा २१ जनामा संक्रमण पुष्टि

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २१ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १ हजार  ९९० पीसीआर परिक्षणबाट ७ र १ हजार २५८ एन्टीजेन विधिबाट १४ गरी कुल २१ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण मुत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ।

आज ८ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या १०९ रहेको छ ।

तपाईको प्रतिक्रिया